प्रस्तावित प्रधानन्यायाधीश जोशीको एसएलसी सिम्बोल नम्बर अर्कैको नाममा!

शैक्षिक प्रमाणपत्र शंकाको घेरामा परेपछि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदन अन्योलमा परेको छ। उनको शैक्षिक प्रमाणपत्रमा फरक-फरक तथ्यांक भेटिएपछि अनुमोदनको निर्णय पछि धकेलिएको हो। प्रधानन्यायाधीश अनुमोदन गर्ने-नगर्नेबारे निर्णय गर्न आइतबार बिहान बस्ने भनिएको संसदीय सुनुवाइ समितको बैठक सोमबारका लागि सारिएको छ। बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको समिति सदस्यहरूले बताएका छन्। सुनुवाइ समितिका सदस्यहरूका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नम्बर ९३६६७० अर्कै व्यक्तिको नाममा भेटिएको हो। उक्त सिम्बोल नम्बर परिक्षा बोर्डमा हेमराज...