शीतलहरका कारण नेपालगञ्जमा शैक्षिक संस्थाहरु बन्द

काठमाडौं । शीतलहरका कारण चिसो बढेपछि नेपालगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । चिसो बढेपछि विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले आज बुधबार माघ ९ गतेदेखि माघ ११ गतेसम्म जाडोकोे बिदा दिइएको हो । मौसम प्रतिकूल भएका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो । चिसो बढेपछि अभिभावकहरुले पनि विद्यालयमा पठनपाठन बन्द गर्न विद्यालयका साथै पालिकामा...

अनुदानका नाममा शैक्षिक संस्थामा करोडौँ रकम लगानी

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले हचुवाका भरमा शैक्षिक संस्थालाई करोडौँ रकम बाँडेको सांसदहरुले आरोप छ । सांसदहरुको असन्तुष्टि बढेपछि सामाजिक विकास समितिले क्याम्पसलाई अनुदान बाँड्नुको कारण, मापदण्ड र कार्यविधि माग गरेको सभापति दीर्घनारायण पाण्डेले बताए । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले शैक्षिक र भौतिक सुधारका लागि भन्दै ८५ क्याम्पस तथा विद्यालयलाई १२ करोड ४० लाख रकम अनुदानमा दिने निर्णय गरेको थियो । सो निर्णयका...