श्रीमानले गैंतीले हिर्काउँदा श्रीमतीको मृत्यु

पोखरा महानगरपालिकाको लेखनाथमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका २७ का ६३ वर्षीय कमल कुमालले गैतीले ५५ वर्षीया श्रीमती सुन्तली कुमाल हिर्काउँदा मृत्यु भएको हो । कमलले मदकपदार्थ सेवन गरी श्रीमतीमाथि गैंतीले प्रहार गरेका प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते सुन्तलीलाई उपचारका लागि शुशिवा अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । उनीहरुको यसअघि पनि घरायसी झगडा हुने गरेको थियो । कमललाई...