‘सारेगमप’मा तहल्का मच्चाइरहेका पृतम र आयुश फाइनल प्रतिस्पर्धा गर्दै
भारतीय टेलिभिजन च्यानल जी टीभीको संगीत रियालिटी शो ‘सारेगम प लिटल च्याम्स २०१९’को फाइनलमा दुई नेपाली बालक पुगेको विषयले नेपालमा नयाँ तरंग ल्याएको छ। फाइनलमा पुगेका इटहरीका प्रितम आचार्य र भक्तपुरका आयुष केसीको स्वर जादूले नेपाली दर्शकको मन छोएको छ। बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका हुन्। शोको ग्रान्ड फिनाले १०० सिम्फोनी आर्केस्ट्रासहित आज आइतबार राति ९ बजे हुँदैछ। डिजिटल राउन्ड, अडिशन मेगा...

