सर्वोच्चमा आजदेखि संवैधानिक इजलास बस्दै
लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि शुरु हुँदैछ । कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । सर्वोच्च अदालतमा गोला प्रक्रिया शुरु भएपछि संवैधानिक इजलास बस्न थालेको हो । तर संविधानमा नै प्रधानन्यायाधीशले न्यायपरिषदको सिफारिसमा अरु न्यायाधीश तोक्ने भन्ने व्यवस्था भएकाले संवैधानिक इजलासमा बस्ने न्यायाधीशको टुंगो लगाउन गोला प्रक्रियामा जानु...

