सर्वोच्चकाे न्यायाधीशमा चोलेन्द्रशमशेर जबरा सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। बिहीबार सिंहदरबारमा बसेको परिषद् बैठकले राणालाई प्रधानन्यायाधीश सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए। न्यायपरिषदले प्रधानन्यायाधीशमा सिफारिश गर्न राणा र दीपकराज जोशीको नाम पठाएको थियो। संसदीय सुनुवाइ समितिले राणाको नाम अनुमोदन गरेपछि उनी पुस १७ पछि प्रधानन्यायाधीश बन्नेछन्। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले १७ गते अवकाश पाउँदैछन्। ...