माओवादी केन्द्रले संसदीय दलको नेता बिहीबार चयन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । सांसदले शपथ लिएपछि दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ। दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन्। माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२...

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको हो । संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन पनि दिनुभएको छ । संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद...