सरकारकाे नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदैछ। नीति तथा कार्यक्रममाथि छलफलका लागि विहान १० बजे संघीय संसद्को बैठक बोलाइएको छ। सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसद्मा बुधबारदेखि छलफल सुरु भएको हो। सरकारले गएको सोमबार संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। सरकारको नीति तथा कार्यक्रममाथि २३ सांसद्ले संशोधन प्रस्ताव हालेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेस, संघीय समाजवादी फोरम, राजपा लगायतका दलका सांसद्ले डेढ दर्जनभन्दा धेरै संशोधन...

