प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रतिनिधिसभामा मतविभाजन गर्दा पक्षमा १७२ मत पर्यो । विपक्षमा ८९ मत परेको छ । तटस्थमा एक मत पर्यो । आजको प्रतिनिधिसभा बैठकमा २६२ सांसद सहभागी थिए । प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुले साथ दिएका थिए । प्रधानमन्त्रीको...