संसद चल्न नदिने ओलीको घोषणा
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन चल्न नदिने बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताउनुभयो । ‘(संसद) किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’ अध्यक्ष ओलीले...

