प्रधानमन्त्री ओलीकाे गुनासाे, सञ्चारमाध्यमले हाम्राे अपमान गरे !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको गुनासाे गरेका छन् । केन्द्रीय समितिको बैठकको समापन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । “हामीलाई फलानो गुटको भनेर टाउका जोडेर सञ्चारमाध्यममा समाचार प्रकाशित गरिएको छ,” प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाइ थियो, “हामी कुनै गुटका होइनौं । नेकपा गुटका हौं ।” उनले सञ्चारमाध्यमले टाउका जोडेर हाल्दैमा कतैका पनि नहुने उनको टिप्पणी थियो । ...