आइतवार देखि एकै दिनमा ट्रान्सक्रिप उपलब्ध गराउने , सन् २०२० सम्म अनलाइन प्रणालीमा व्यवस्था
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आइतवार देखि परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आइतवार आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटन गर्दै स्नातक तह शिक्षा शास्त्रका मनोजकुमार सिंहलाई उक्त प्रविधिबाट बनेको प्रमाणपत्र दिनुभयो । उहाले त्रिवि अब सूचना प्रविधिमैत्री भएको बताउनुभयो । हामी त्रिविलाई कागज विहीन बनाउन प्रयासमा छौं । यसैको शुरुआत आइतवार देखि एकै दिनमा...

