सप्तगण्डकी क्याम्पसका प्रमुख सोमराज महतोलाई बिदाइ तथा सम्मान
सप्तगण्डकी क्याम्पसले क्याम्पसका पूर्व क्याम्पस प्रमुख सोमराज महतोलाई बिदाइ तथा सम्मान गरेको छ । सप्तगण्डकी क्याम्पसमा प्राध्यापकको रुपमा २७ वर्ष सेवा गरेपछि उहा बिहीबारबाट सेवा निवृत्त हुनुभएको छ । क्याम्पसको समाजशास्त्र तथा आमसञ्चार विभागका प्रमुखसमेत रहेका सहप्राध्यापक महतोलाई सप्तगण्डकी क्याम्पसका क्याम्पस प्रमुख खेमनारायण सापकोटा र सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले सम्मान तथा बिदाइ गर्नुभयो । विसं २०४८ सालमा प्राध्यापकको रुपमा नियुक्त भएका महतो विसं २०६६ मा क्याम्पस प्रमुखको रुपमा सेवा गर्दै आउनु...

