संसदमा सत्तारुढ र विपक्षीबीच यसरी भयाे जुहारी
सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको विषयलाई लिएर संसदमा सत्तारुढ र विपक्षी दलबीच जुहारी चलेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने माग गरेपनि सत्तारुढ दलले राजीनामा दिनुपर्ने कुनै संवैधानिक व्यवस्था नभएको जिकिर गर्यो । विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको धारा ९१ को २ अनुसार सभामुख र उपसभामुख फरक–फरक दलको...

