दूधको उचित मूल्य नपाए पछि किसानहरु आक्रोशित ,मागको सम्बोधन नभए सहकमै गाई ल्याएर आन्दोलन गर्ने

दूधको उचित मूल्य नपाएको भन्दै पछिल्लो समय किसानले सडकमै दूध पोखेर विरोध जनाउदै आएका छन् ।दूधको मूल्य घटेको भन्दै कृषकले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । धेरै मेहनतपछि उत्पादन गरेको दूधको मूल्य नपाएको भन्दै उनीहरु सरकारप्रति आक्रोशित भएका छन् । समयमा मागको सम्बोधन नगरे सडकमै गाई ल्याएर आन्दोलन गर्न बाध्य हुने कृषकहरुले चेतावनी दिएका छन् ।सडकमा दूध पोखेर विरोध जनाएका कृषकहरुले सडकका वटुवालाई दूध बाडेर विरोध गरेका थिए ।...