सरकार र केसीबीच सहमति, २७ औं दिनमा अनसन तोडिँदै
अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सहमतिको प्रयासलाई अन्तिम रुप दिन सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको वार्तापछि सहमति हस्ताक्षर हुन लागेको हो । सहमतिलगत्तै अनसन तोडाउन नेम्वाङ र...

