सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । ७४ वर्षीया इन्द्रमाया श्रेष्ठलाई राति घरमा सुतेको समयमा गोमन सर्पले डसेको स्थानीयले बताएका छन् । सर्पले डसेपछि श्रेष्ठलाई उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयले बताएका छन् । सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर ३ जनाको मृत्यु भइसकेको छ । गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले...
सर्लाही । सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा मोतिविन्दुको समस्या देखिएका उनीहरुको निःशुल्क शल्यक्रिया गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार जिल्लाको क्षेत्र नं ३ का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा परीक्षणबाट करिब पाँच हजार जनाले आँखा परीक्षण गराएका थिए । साथै...

