गगनको प्रश्न– दलाल पुँजीपतिको अर्थतन्त्र जोगाउन चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो ?

प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले सरकारले दलाल पुँजीपति र नोकरशाही अर्थतन्त्र जोगाउने अभिप्रायले चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको भन्दै आपत्ति प्रकट गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले सरकारलाई प्रश्न गरे, “मेडिकल कलेज खोल्ने नाममा दलाल पुँजीपतिलाई रक्षा गर्ने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागिएका हो ?” उनले कम्युनिस्ट पार्टीको सरकार भएका बेला दलाल पुँजीपतिको रक्षा गर्न नोकरशाही अर्थतन्त्रको विकास गरिनु दुखद भएको प्रसंग उप्काए । उनले गाउँगाउँमा स्वास्थ्य सुविधा पुर्याइनुपर्ने र...