प्रशिक्षक साउथगेट २०२४ सम्म इंग्ल्यान्डको मुख्य प्रशिक्षक रहने
काठमाडौं । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले २०२४ सम्म इंग्ल्यान्डको टोली सम्हाल्ने भएका छन् । इंग्ल्यान्ड एफएले आइतबार प्रशिक्षक साउथगेटले २०२४ को युरोकपसम्म इंग्ल्यान्डको टोली सम्हाल्ने जनाएको छ । ५२ वर्षीय साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले कतार विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । क्वाटरफाइनलमा इंग्ल्यान्डले फ्रान्ससँग २-१ को हर व्यहोरेको थियो । विश्वकपबाट बाहिरिएपछि साउथगेट समेत मुख्य प्रशिक्षक नरहने चर्चा चलेको थियो । तर, इंग्ल्यान्ड एफएले साउथगेटलाई नै टिम हेर्ने जिम्मेवारी दिएको छ । साउथगेटले २०१६ देखि...

