सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना , पाँच जनाको मृत्यु, ८ जना घाइते
सिन्धुपाल्चोक थाङकपाल गाउँपालिका ४ सल्लेडाँडास्थित मेलम्ची मानेखर्क सडकमा बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् । किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नम्बरको बोलेरो (जीप) ४ सय मिटर तल खस्दा ५ जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ,...

