मदिरा पिएर अभद्र व्यवहार गरेपछि एनआरएनए अध्यक्ष भवन भट्टलाई विमानबाट निकालियो
मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ। उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ। उनीहरूले सो विमानका...

