प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी चीनफिङबीच शनिबार ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ पुगेका प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रूपमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘वार्तामा दुवै नेताबीच क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । दुवै नेताबीच एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन...

