‘गोरे’ को बयानका आधारमा थप एकजना पक्राउ, ठूला ब्यक्तिको नामसमेत पर्दाफास भएपछि……
साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उर्लाबारी–५ का रेवत आचार्यलार्ई गएराति पक्राउ गरेको हो । उनी तत्कालिन एमाले कार्यकर्ता हुन् । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उर्लाबारीमा आचार्यको सुन पसल छ । प्रहरीले भने आचार्यलाई पक्राउ गरिएको विषयमा कुनै जानकारी दिएको छैन । मोरङका...

