सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोग सरकारलाई बुझाएको प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा आइपुगेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार उच्चस्तरीय जाँचबुझ आयोगकका संयोजक एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यबाट बुझेको प्रतिवेदन कार्यान्वयन अघि बढाउन सीआईबीलाई जिम्मा लगाइएको हो। सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले उक्त प्रतिवेदन आइतबार गृहमन्त्रालयबाट बुझेर लगेका हुन्। खासगरी गत साउन २ गते भित्रिएको साढे ६१ किलो तस्करी सुन बरामद भएपछि छानबिनका लागि उच्चस्तरीय आयोग बनेको...
सय केजी सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। राजस्व अनुसन्धानको टोलीले उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्। श्रेष्ठको ठेगाना खुल्न बाँकी छ। भट्ट भने ट्रान्स ग्लोबल सर्भिस कम्पनीका सञ्चालक रहेको राजस्वका एक अधिकारीले बताए। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले एक क्वीन्टल सुन पक्राउ गरेको थियो। यो प्रकरणमा यसअघि राजस्वले ६ जनालाई पक्राउ गरिसकेको छ। उनीहरू सबैलाई १० दिन हिरासतमा राखेर...
४ साउन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो । यस्तै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्वीन्टल सुन तस्करी भएको रहस्य पर्दाफास गरेर प्रहरीले एउटा ¥याकेटको अन्त्य गरेको छ । तर, अझै विभिन्न शैलीको प्रयोग गरेर तस्करले अवैध सुन भित्र्याउन छाडेका छैनन् । कहिले मलद्वार त कहिले जुत्तामुनि लुकाएर सुन ल्याउने शैली नौलो रहेन । आइतबार प्रहरीले त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल...
प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ ? त्यसमा के भइरहेको छ ? गृह मन्त्रालयमा बुझ्दा प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘यसबारे...
गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमा साना–मझौला माछा समातिएको तर ठूला माछा समातिन बाँकी रहेको बताएका छन्। उनले ठूला माछा समात्नैका लागि अनुसन्धान जारी रहेको पनि बताए।गृहमन्त्रीका रुपमा आफ्नो एक सय दिने कार्य विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै मन्त्री थापाले सुन तस्करीका ठूला माछा समातिनुपर्ने बताएका हुन्। ‘सुन तस्कारीमा साना–मझौला माछा समातिएका छन्। सुनवाला माछा मार्ने काम जारी छ,’ मन्त्री थापाले भने, ‘ठूला माछा पनि समातिनुपर्छ। समातिनेछन्। अनुसन्धान जारी छ।’ ...

