सुरुङ खन्ने क्रममा पुरिएका चारजना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार

अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको फ्याक्सिन्दामा पुरिएका चारजना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार गरिएको छ । शुक्रबार राती ९ बजेतिर पहिरो खसेपछि पुरिएका कालिकोटको सिउना गाउ“पालिका ४ का प्रदीप शाही, जुम्लाको चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारतको बिहारका नन्द किसोरको आइतबार सकुशल उद्धार गरिएको संखुवासभाका प्रहरी नायव उपरिक्षक श्यामकुमार सारु मगरले जानकारी दिनुभयो । उनीहरुको खोजीका लागि शनिबार दिउँसोदेखि नेपाली सेना, नेपाल...