मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौंका धारामा पुग्न दुई साता लाग्ने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरूङमार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते राति आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागू भएसँगै...

