ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कार्यभार सम्हाल्दै
काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हाल्नुभएको छ । एक कार्यक्रमकाबीच आइतवार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हित र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिवद्धता जनाउनु भयो । यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व...

