सचिवालय बैठक १ घण्टा पर सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक बुधबार दिउँसो २ बजेमलाई सारिएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा परेका थिए ।  यसबारे रणनीति बनाउन बालुवाटारमा...

सरकार भत्काउन विपक्षीहरू लागिपरेका छन्ः नेम्वाङ

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी कांग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् । ‘मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो’, नेम्वाङले भने, ‘त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो । अहिले नेकपा नेतृत्वको दुईतिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे । तर, उनले सरकार भत्काउने खेलमा लागेका ती विपक्षीबारे थप...

फौजदारी अभियोग लागेका सांसद निलम्बनमा नपर्ने

  फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने भएका छन् । निलम्बन शब्दप्रति कांग्रेसले आपत्ति जनाएपछि सत्तापक्ष लचक हुँदै निलम्बन शब्द नराख्न सहमत भएको हो । निलम्बन शब्द नराख्ने तर, त्यो शब्दको अर्थ लाग्ने अरु सबै शव्द राख्ने गरी सहमति भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । ‘निलम्बन शब्द नराखेपनि अरु शब्द राख्नुको विकल्प छैन’, उपनेता नेम्वाङले भने । सभामुख कृष्ण बहादुर महराको पहलमा प्रतिपक्ष र सत्तापक्षबीच भएको छलफलपछि यस्तो...