एमाले र माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्काे सेटिङ मिलाउने
फागुन १९, काठमाडौं । सरकारमा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने अन्तिम तयारी गरेपछि सत्तारुढ दल एमाले र माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन । संघीय फोरमसँग भएको वार्ता र सम्वाद अन्तिम चरणमा छ । एमाले, माओवादी र संघीय फोरमबीच केही राजनीतिक विषयमा लिखित सहमति हुन बाँकी छ । सो सहमति हुनेवित्तिकै संघीय फोरमसहित एमाले र माओवादीका मन्त्रीलाई आइतबार मन्त्रीको शपथ गराउने स्रोतले जनाएको छ । संघीय फोरम पनि...

