अफ्रिकी मुलुक मालीमा शान्ति सेनामाथि हमला गर्दा १० सैनिकको मृत्यु
माली, माघ ७ । अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि हमला गर्दा १० सैनिकको मृत्यु भएको छ । मालीको उत्तरी क्षेत्रमा आइतबार आतंकवादी हमला भएको हो । मारिएका शान्ति सैनिक अफ्रिकी मुलुक चाडका रहेको बताइएको छ । हमलामा अन्य २५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त हमलाको निन्दा गरेका छन् । उनले उक्त हमलालाई ‘युद्ध अपराध’ को संज्ञासमेत दिएका छन् । स्थानीयका अनुसार कार र मोटरसाइकलमा...

