‘कुटुमा कुटु’ की नायिकाको नयाँ गित बजारमा आयो (भिडियो सहित)
फिल्म ‘जय भोले’को नयाँ गीत रिलिज भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रामको योजना गर्दै फिल्ममा समावेश ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक गरिएको हो। लोक लयमा तयार भएको यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ। गायनमा राजनराजलाई मेलिना राईले साथ दिएकी छिन्। वसन्त श्रेष्ठको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्ममा प्रायस् सम्पूर्ण कलाकारहरु फिचरिङ छन्। भिडियोमा स्वस्तिमा खड्का केन्द्रिय पात्रको रुपमा नाचेकी छिन् भने सलोन बस्नेत, सौगात मल्ल,...

