बन्दमा अधिकांश बिद्यालय बन्द, मकवानपुरमा स्कुल बस जलाइयो
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको देशभरी सामान्य प्रभाव परेको छ। तर बिद्यालय भने अधिकांश बन्द भएका छन्। राजधानीमा अधिकांश निजी बिद्यालयहरु बन्द छन्। बिद्यार्थीको सुरक्षाको कारण देखाउँदै उनीहरुले बन्द गरेका छन्। केही बिद्यालय भने खुलेका छन्। काठमाडौंमा बन्दको ठूलो असर नपरेको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए। २ जनालाई जमलमा बमसहित पक्राउ गरिएको र केही स्थानमा शंकास्पद वस्तुहरु भेटिएको उनको भनाई छ। स्कुल बसमा आगजनी बन्दकर्ताले मकवानपुरको...

