भीआरले मानेन रोनाल्डोको गोल, युभेन्टस विजयी
एजेन्सी – स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोल अफसाइड दिँदा पनि इटालीयन जाइन्ट युभेन्ट्सले जीत हात पारेको छ । इटालीयन लिग सिरी ए को आफ्नो पहिलो खेलमा युभेन्ट्सले परमालाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ । युभेन्ट्सका लागि कप्तान जर्जीया चिइलीइनीले खेलको २१ औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । त्यसपछि स्टार खेलाडी रोनाल्डोले गोल गरेपनि असिस्टेन्ट रेफ्रि (भिएआर) ले उनको गोललाई अफसाइड संकेत गरेपछि युभेन्ट्सले दोस्रो...

