विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुने ,स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क

चितवन, असार १७ विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो । उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै नक आउट चरणमा उक्लिएको हो...