संघीय समाजवादी फोरम अाज सरकारमा सहभागी हुने

संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ। फोरमबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव र अर्का नेता मोहम्मद इस्तियाक राई सरकारमा सहभागी हुने स्रोतले बताएको छ। उनीहरुले शुक्रबार दिउँसो ३ बजे शपथ लिन कार्यक्रम रहेको स्रोतको दाबी छ। स्रोतका अनुसार फोरम अध्यक्ष यादवले स्वास्थ्यमन्त्रीको शपथ लिनेछन् भने राईले शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्। लामो समयको पार्टीभित्रको रस्साकस्सीपछि फोरमले मन्त्रीको टुंगो लगाएको थियो। सरकारसँग सहमति भएको चार दिन बितिसक्दा पनि आन्तरिक विवादका...