स्वास्थ्य चौकीमा बाढी पस्दा सेवा ठप्प

अविरल वर्षाका कारण बागलुङको जनजीवन प्रभावीत भएको छ। मंगलबारदेखि परेको वर्षाका कारण बागलुङ सदरमुकामदेखि ग्रामीण भेगमा चल्ने सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् भने पश्चिम बागलुङको बुर्तिबाङमा बाढीले वितण्डा मच्चाएको छ। पहिरोका कारण मध्यपहाडी लोकमार्ग, कालिगण्डकी कोरीडोरलगायतका स्थानीय सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कर्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराज सिंह थापाले बताए। सदरमुकामदेखि पश्चिम क्षेत्रलाई जोड्नेमध्ये पहाडी लोक मार्गको ठाउँ-ठाउँमा पहिरो खसेको छ भने जिल्ला सदरमुकामदेखि दक्षिण क्षेत्र जोडिने कालिगण्डकी करिडार पनि पहिरोका...