स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको औषधि परामर्श परिषद्को १५औँ बैठकमा औषधिको मूल्य निर्धारण, अनुगमन समिति गठन तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो । बैठकमा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउने, गुणस्तरीय औषधि उत्पादन तथा आयात व्यवस्थापन गर्ने विषयमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अगामी दिनमा औषधिको व्यवस्थापन गर्न मन्त्रालयका पदाधिकारी, औषधि उत्पादक र आयातकर्ताबीच छलफल गर्ने बैठकले निर्णय गरेको छ...