विक्की र कटरिना हनिमुन मनाउन पुगे माल्दिभ्स

नवविवाहित सेलिब्रेटी जोडी विक्की कौशल र कटरिना कैफ विवाहपछि डिसेम्बर १० बिहान हेलिकप्टरमा सवाई माधोपुरबाट जयपुरका लागि प्रस्थान गरेका थिए। तर जयपुरपछि यो जोडी कतै भेटिएन। अहिले विक्की कौशल र कटरिना कैफ हनिमुन मनाउन माल्दिभ्समा रहेको खबर आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विवाहपछि यो जोडी पहिले सवाई माधोपुरबाट जयपुर र त्यसपछि त्यहाँबाट दिल्ली पुग्याे। एयरपोर्टमा आफूहरूलाई कसैले नभेटुन् भनेर उनीहरू  दिल्ली गएका थिए। विक्की–कट्रिना डिसेम्बर १४ सम्म माल्दिभ्समा हुनेछन्। त्यसपछि कटरिनाले...