पुएर्टो रिकोमा आँधीले मृत्यु हुनेको संख्या चार हजार

पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तीमा चार हजार ६०० जनाको मृत्यु भएको हुनसक्ने अमेरिकी अनुसन्धानकर्ताहरूको एक समूहले जनाएको छ। यो तथ्याङ्क पुएर्टो रिकोको सरकारी स्रोतले दिएको आँकडाभन्दा करिब ७० गुणा बढी भएको समूहले जनाएको छ। सरकारले एक वर्षअघि आएको आँधीमा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो। तर विज्ञहरूले आँधीका कारण हराएका नागरिकको वास्तविक सङ्ख्या गणना गर्न जटिल भएको बताएका छन्। सरकारी तथ्याङ्कपछि...