कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिँदै
भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने भएका छन्। शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका हुन्। उनको ट्विटअनुसार विवाह डिसेम्बर १२ मा हुने भएको हो। उनले गिन्नी चतरथसँग विवाह गर्न लागेका हुन्। कपिलका अनुसार यी दुईको पहिलो भेट सन् २००५ मा भएको थियो। गिन्नीको कलेजमा विद्यार्थीको अडिसन दिन जाँदा भेट भएको थियो। त्यही बेलादेखि उनले गिन्नीलाई मन पराएको बताएका छन्। कपिलका अनुसार उनका बाबुले गिन्नीसँग विवाह गर्न...

