ट्रम्प भ्रमणमा रहेका बेला भारतमा हिंस्रक प्रदर्शन, प्रहरीसहित ७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भारत भ्रमणमा रहेका बेला भारतमा हिंसात्मक प्रदर्शन भएको छ। नागरिकता कानुनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सोमबार एक प्रहरीसहित ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिल्लीमा मंगलबार निर्णायक छलफल गर्दैछन्। सोमबार राति नै ट्रम्प अहमदाबाद, आग्रा हुँदै दिल्ली पुगेका थिए। ट्रम्प दिल्ली पुग्न अगाडि त्यहाँ महिनौंयता जारी नागरिकता कानुनको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। केही समय साम्य भएको प्रदर्शन आइतबारदेखि चर्किएको हो। सोमबार...

