हिउँ परेपछिको चन्द्रागिरि..

उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो ।  नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित गरेर तस्वीरमा कैद गर्ने तथा सेल्फीमा रमाउने पर्यटकका लागि बुधबार मौसममा आएको परिवर्ततसँगै झण्डै तीन इन्चजति बाक्लो सेताम्मे हिउँले भुलायो । दुई साता अघिमात्रै परेको हिउँको मजा भुल्न नपाउँदै उपत्यकावासीले यस वर्ष दोस्रो पटक हिउँसँग खेलेर औधी मनोरञ्जन लिए ।  ‘यस्तै त होला नि स्वर्गझैँ...