पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ। सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले आज बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उहाँको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए। अन्नपूर्ण आधार शिविर(एबीसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा...
उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ। हिमपहिरोस्थलबाट १० जनाको सकुशल उद्धार गरिएको छ। मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले बताए। राईको शव आधार शिविरबाट निकालेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेको उनले बताएका छन्। हिमपहिरोमा परेका अन्य १० जनाको सकुशल उद्वार गरिएको प्रउ खनालले जानकारी दिए। सोमबार अबेरसम्म चारजनाको उद्धार...
इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हिमाली भेगमा मंगलबार अबेर गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हिमपहिरोमा कम्तीमा २० जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको नाथिया गली क्षेत्रअन्तर्गत गुण्ड्ला गाउँमा हिमपहिरो गएको हो । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । घाइते अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ । हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी...

