सहकारी ठगी प्रकरण हिरासतमा रहेका रविलाई आज पोखराबाट काठमाडौं ल्याइँदै

क सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ । उनलाई बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो ।। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइनेछ। कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई बयान गराएर...

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई शुक्रबार अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई म्याद दिइएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो । उक्त प्रकरणमा हालसम्म १९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कलाधर...

पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो। अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गर्नेछ। यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि ४ दिन म्याद थप भएको थियो। पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि...

सन्दीपलाई अझै सात दिन हिरासत राख्न अदालतकाे अनुमति लिने प्रहरीको तयारी

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप अनुसन्धानको लागि अझै ७ दिन हिरासतमा राख्ने प्रहरीले तयारी गरिरहेको छ । प्रहरीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरिरहेको हो । अनुसन्धानका खटिएका एक प्रहरी अधिकृतका अनुसार अनुसन्धान नसकिएकोले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी भइरहेको छ । उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन...

निर्मलाको न्याय माग्ने अधिकारकर्मी सात घण्टा प्रहरीको हिरासतमा

कैलाली : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दा ६ जना अधिकारकर्मीलाई प्रहरीले करिव सात घण्टा नियन्त्रणमा राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेको बेला निर्मलाको न्यायका लागि ज्ञापन पत्र बुझाउने तयारीमा रहेका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।‘निर्मला पन्तको हत्यारा खै ?’ र ‘निर्मलालाई न्याय दे’ लेखिएको टिसर्ट लगाएका शारदा चन्दसहितका ६ जना अधिकारकर्मीलाई प्रहरीले दैजीबाट नियन्त्रणमा लिएर बेलुकी करिब सात बजे छोडेको छ। निर्मलाका हत्यारालाई कारबाहीको...

मापसे गर्ने चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए । बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति भएको थियो । बैठकले सहमतिलाई पालन गराउन...