हेटौंडा अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा पछिल्लो २४ घण्टामा थप तीनजना पुरुष र दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार  तीनजना पुरुषको शुक्रबार नै मृत्यु भएको थियो भने दुईजना महिलाको शनिबार बिहान मृत्यु भएको हो।  शुक्रबार मृत्यु हुनेमा हेटौंडा–४  को ४६ वर्षको पुरुष, थाहा...