बेरुत – राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो। राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले सो सहयोग उपलब्ध गराएको बिहीबार जनाएको छ। आपतकालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ। केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ। सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं...
काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । निर्देशक डा. दासका अनुसार अनुसार, बागबजार, डिल्लीबजार, सानेपा,...
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप तीनजनामा हैजाको लक्षण देखिएको छ । आइतबार अस्पतालको आईसीयूमा भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिए । एन्टिजेन रिपोर्ट पोजिटिभ आएपनि उनीहरूको कल्चरको रिपोर्ट भने आउन बाँकी छ । बिरामीहरू ललितपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका २४ वर्षका पुरुष र कुलेश्वर काठमाडौंका ६५ वर्षीया महिला हुन् । यसअघि टेकु अस्पतालमा बिहीबार भर्ना भएका एकै परिवारका दुई...

