श्रीलंकामा सामाजिक संजालमाथि राेक
-जानुका रेग्मी

श्रीलंकाको संचार विभागले फेसबुक, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक संजालका नेटवर्कलाई देशभर बन्द गराउने निर्णय गरेको रोयटर्सले जनाएको छ । मुलुकलाई अनावश्यक विवाद र हिंसा भड्किनबाट जोगाउन यस्तो गरिएको प्रमुख अधिकारीहरुले बुधबार जानकारी गराएका हुन् । क्याबिनेटका प्रवक्ता रजिता सेनारत्नेले बुधबार सेवा प्रदान गर्नेहरुलाई सामाजिक संजालका नेटवर्कहरु तत्कालै बन्द गर्न लगाएको बताएका हुन् । वास्तवमा फेसबुकमार्फत केही व्यक्तिहरुले मुसल्मानमाथि हमला गर्ने योजना बनाइरहेको देखिएपछि सरकार यस्तो निर्णय लिन बाध्य भएको उनले बताए...