१५ लाख फिरौती लिएर पनि अपहरित ९ वर्षे बालकको हत्या
बारामा १५ लाख रुपैयाँ फिरौती लिएर पनि एक ९ वर्षीय बालकको हत्या गरिएको छ । डेढ महिना अघि अपहरणमा परेका जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुर बजारका गल्ला व्यापारी ललनप्रसाद गुप्ताका छोरा अंकितको अपहरणपछि १५ लाख रुपैयाँ फिरौती लिएर पनि हत्या गरिएको हो । अंकितको शव पर्साको गण्डक नहरमा बोरामा कसेर फालिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ । गण्डक नहरको रघुनाथपुर क्षेत्रबाट पर्सा प्रहरीले साउन ३ गते नै शव फेला...

