विश्वकप छनोटः अफगानिस्तान र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदै

चैत ९, काठमाडौं । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा आज अफगानिस्तान र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । सुपर सिक्सको अन्तिम खेलको रुपमा रहेको यी दुई टिमबीचको विजेता विश्वकपमा प्रवेश गर्नेछ । जिम्बावेको हरारे स्पोट्र्स क्लबमा हुने खेलमा दुबै टिम जितको खोजिमा हुनेछन । अफगानिस्तान र आयरल्याण्ड एकैस्तरका टिम हुन । यी दुई टिमले आईसीसीबाट २०१७ मा सँगै टेष्ट मान्यता पाएका थिए । आयोजक जिम्बावे कमजोर मानिएको युएईसँग डिएल मेथोडमा ३ रनले पराजित भएसँगै आयरल्याण्ड...