तनावग्रस्त बन्याे विराटचोक,६ टिपर सहित ७ गाडी जलाइए, स्थानिय प्रशासनद्धारा निषेधाज्ञा जारी

सोमवार विहान ११ वर्षकी बालिकालाई ठक्कर दिए पछि मोरङको विराटनगर स्थित विराटचोक तनावग्रस्त बनेको छ । दुर्घटनामा बालिकाको मृत्यु भएको छ भने स्थानियले ६ टिपर सहित ७ गाडी जलाएका छन् । विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्म साढे तीन किलोमिटर क्षेत्र तनावग्रस्त बनेको हो । स्थानियले नारावाजी र अवरोध गरे पछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान...